पथरी शनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद

मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ  ।

 

बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा एउटै डिपो बाट सो परिणामको ग्यास बरामद गरिएको हो ।

 

पथरी शनिश्चरे नगरपालिका–१ स्थित रत्नचौकमा रहेको कोशी ग्याँस डिलरको विक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती ग्याँस सिलिन्डर बरामद गरिएको हो ।

 

उपप्रमुख देबिमाया काफ्लेको टोलीले ग्यास डिपोमा ग्यास नभएको र बजारमा कृतिम अभाब देखाएर महगो मुल्यमा सप्लायर्सका सन्चालकले बिक्री गरेको गुनासोका आधारमा सन्चालक तेजेन्द्र राजभण्डारीको घरमा छापा मारेको थियो ।

 

राजभण्डारीले १० दिन देखि ग्यास नभएको भन्दै उपभोक्तालाई फर्काउदै आएका थिए भने महगो मुल्यमा ग्यास दिने गरेको गुनासो उपभोक्ताको थियो । बरामद गरिएको ग्यास आजै कोशी ग्यासका उपभोक्तालाई बितरण गरिएको छ भने सप्लायर्स सन्चालकलाई सचेत गराईएको छ । उपमेयर काफ्लेको एक्सनले भान्सामा राहात भएको स्थानीयबासिले बताएका छ्न ।

 

बजारमा ग्याँसको कालोबजारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि उपमेयर काफ्ले सहितको टोलीले अनुगमनलाई तीव्रता दिएको  छ । राजभण्डारी पथरी उधोग बाणिज्य संघका निबर्तमान कोषाध्यक्ष हुन भने दुर्गा प्रसाईं सम्बन्ध दलका स्थानिय नेता हुन ।

 

यसैक्रममा समितिले वडा नं. १ मा रहेको दिपक हार्डवेयरमा ग्याँस बिक्री वितरणको प्रमाण–पत्र बिनै ग्यास बिक्री गरिएको पाइएकाले सो का लागि सचेत गराईएको छ ।

 

हार्डबेयरका सन्चालक  दिपक बस्नेतले ग्याँस बिक्री वितरणको प्रमाण–पत्र आजै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छ्न । उनी पथरी उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष हुन ।

  

बजारमा ग्याँसको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगरपालिकाले बजार अनुगमनलाई थप तीव्रता दिएको जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।