बाह्रबिसेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ करिब ६:५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ बस्ने २५ वर्षीय अनिस पाण्डेले चलाएको उक्त टिपरमा बाह्रबिसे नगरपालिका–८ निवासी २९ वर्षीय राजु लामा पनि सवार थिए। टिपर अनियन्त्रित भएपछि लामा सडक छेउतर्फ हाम फालेका थिए। सोही क्रममा टिपर पल्टिँदा उनी टिपरमुनि च्यापिएका थिए।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उद्धार गरी गम्भीर घाइते लामालाई उपचारका लागि नगर अस्पताल बाह्रबिसे पुर्‍याएको थियो। तर उपचारका क्रममा साँझ ७:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमपछि मृतकका बुवा हिरा बहादुर तामाङको जिम्मा लगाएको जनाएको छ। दुर्घटनामा संलग्न टिपर चालक अनिस पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖