झापा र सुनसरीबाट लागूऔषध सहित दुई जना पक्राउ
विराटनगर, २९ साउन । झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
साउन २८ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ का २१ वर्षीय अजय रेग्मीलाई पक्राउ गरेको हो। उनको साथबाट ३ ग्राम ११ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनसरीको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–१७ का २५ वर्षीय अस्रफ मियालाई २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


