बाजुरामा पहिरोमा पुरिएर २० वर्षीया युवतीको मृत्यु, दुई जना घाइते

बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा थापा रहेकी छन्। पहिरोमा पुरिएर बेपत्ता भएकी उनको प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलमै मृत अवस्थामा शव फेला पारेका हुन्।

पहिरोमा परी त्रिवेणी नगरपालिका–९ का ४० वर्षीय धर्म थापा र सोही स्थानकी ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन्। दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ।

पहिरोले दुई वटा घर पूर्ण रूपमा पुरिएर क्षतिग्रस्त भएका छन्। साउन २८ गते बेलुकीदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖