खोटाङमा काठले किचेर धनकुटाका एक युवकको मृत्यु

खोटाङ, साउन २९ गते । ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा धनकुटाका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगर रहेका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङ भञ्ज्याङ सडकमा शुक्रबार बिहान मगरको काठले किचेर मृत्यु भएको हो।

स्थानीयका अनुसार काठ बोकेको ट्याक्टर सडकमा पल्टिएपछि उठाएर पुनः काठ लोड गर्ने क्रममा दुर्घटना भएको हो। बिहान करिब ४ बजे को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर मगर मुडासँगै लडेका थिए। सोही क्रममा काठले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घटनापछि ट्याक्टरसहित चालक धनकुटाका १९ वर्षीय सुनिल गुरुङलाई स्थानीय प्रहरी चौकी छितापोखरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको कार्यालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖