पहिरोले घर पुरिँदा बेपत्ता तीन जनाको शव फेला
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।
शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरभित्र रहेका तीन जना बेपत्ता भएका थिए। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयले खोजी गर्ने क्रममा बिहान ११:३० बजे तीनै जनाको शव फेला पारेका हुन्।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।
पहिरोले घर पुरिएपछि उनीहरू बेपत्ता भएका थिए। खोजी तथा उद्धारका क्रममा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।


