आज नाग पञ्चमी, घर घरमा नाग टाँसेर पुजाआराधाना गरिदैँ

काठमाडौं, १ भदौं । नागपञ्चमी वैदिक सनातन हिन्दु धर्मवलम्बीहरूको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन नागको पूजा आराधना गरी यो पर्व मनाइन्छ।

 

नेपालमा पनि विशेष पूजा हुने गरेको छ । नेपालका मुख्यतयाः काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, नागदह, भक्तपुरको सिद्धपोखरी तथा देशभरका विभिन्न नागस्थान, कुवा र पोखरीहरूमा यस दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ।

 

नागपञ्चमीको धार्मिक तथा सांस्कृतिक महत्त्वः

नागपञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र वा प्रतिमा टाँस्नाले घरमा चट्याङ्ग, अग्नि, र सर्पको भय नहुने तथा सुख समृद्धि कायम रहने जनविश्वास छ।यस दिन अष्टनागको पूजा गरिन्छ, जसअनुसार यस दिन मुख्य गरी आठ प्रकारका नागहरू अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खको विधिपूर्वक पूजा गरिन्छ।

 

प्रकृति र पर्यावरण सन्तुलनका लागि नागको निकै महत्व रहेको छ। हिन्दु संस्कृतिमा प्रकृति तथा जीवजन्तुको संरक्षणलाई जोड दिइन्छ। जैविक दृष्टिकोणले पनि सर्प र नागले कीटपतङ्ग नियन्त्रण गरी पर्यावरण र कृषि बाली रक्षा गर्न सहयोग गर्ने भएकाले नागपञ्चमी प्रकृतिको सम्मान गर्ने पर्व पनि हो।

 

पाैराणिक कथाः

पौराणिक कथा र धार्मिक प्रसङ्गमा यसको एउटा कथा जन्मेजयको सर्पयज्ञसँग रहेको छ । महाभारतका अनुसार राजा परीक्षितको तक्षक नागको डसाइबाट मृत्यु भए पछि उनका छोरा जन्मेजयले संसारका सम्पूर्ण सर्पहरू समाप्त पार्न महायज्ञ आयोजना गरेका थिए। आस्तिक मुनिले हस्तक्षेप गरी उक्त यज्ञ रोके पछि भस्म हुनबाट बचेका सर्पहरूले यसै पञ्चमीका दिन पुनर्जीवन र शान्ति पाएका थिए। 

 

अर्को कथामा भगवान शिव र विष्णुसँगको सम्बन्ध पनि रहेको छ । भगवान् शिवले नागलाई आफ्नो गलामा गहनाको रूपमा धारण गरेका छन् भने भगवान् विष्णु शेषनागको शय्यामा निवास गरेका छन । त्यसैले नागको पूजा गर्दा शिव विष्णु दुवै प्रसन्न हुने धार्मिक मान्यता छ।

पुजा  बिधिः

पूजा विधि सुरू हुनु अघि सफा सुग्घर गरिनु पर्दछ । बिहानै उठेर स्नान गरी घर र पूजास्थल सफा गरिन्छ। 

त्यस पछि नागको चित्र टाँस्ने काम सुरू हुन्छ । घरको मूल ढोकाको माथि गाईको गोबर वा दुबोको सहायताले नागको चित्र टाँसिन्छ।

र त्यसपछि अर्पण गर्नका लागि तयार पारिएका सामग्रीहरूको पुजा गरिन्छ । नाग देवतालाई गाईको दूध, लाभा अर्थात भुटेको धान, दूबो, अक्षता, चन्दन, फूल, र मिठाई चढाएर पूजा गरिन्छ।

विशेष ध्यान दिनुपर्ने कुरा चाँही के हो भने नागलाई गुलियो र बेसार मन नपर्ने मान्यता रहेकाले पूजा गर्दा सावधानी अपनाउने गरिन्छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।