रसुवाको टिमुरेबाट धनकुटाका बिपन घिसिङ सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल
धनकुटा । रसुवाको टिमुरेबाट धनकुटाका एक युवक सम्पर्कविहीन भएपछि परिवारले खोजी तथा उद्धारका लागि सहयोग गरिदिन अपिल गरेको छ।
धनकुटा नगरपालिका–४, धनकुटा चौतारा घर भई हाल काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका बिपन घिसिङ पर्यटकहरू लिएर जाने क्रममा मंगलबार भदौ ९ गते रसुवागढीस्थित टिमुरे पुगेका थिए। उनी सोही स्थानको एक होटलमा बास बसेका थिए।
परिवारका अनुसार बुधबार भदौ १० गते बिहान करिब ८ बजे बिपनले घरपरिवारसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि भने उनी सम्पर्कविहीन भएका छन्।
बिपनको हातमा ट्याटु रहेको परिवारले जनाएको छ। टिमुरे तथा आसपासका होटल व्यवसायी, स्थानीयवासी वा अन्य कसैले उनलाई देखेको, भेटेको वा उनीबारे कुनै जानकारी पाएको भए तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
बिपनबारे कुनै जानकारी भएमा ९८२९२६६२०३ वा ९८४९५८६१६० नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
परिवारले बिपनको खोजीमा सहयोग पुग्ने भन्दै सूचना धेरैभन्दा धेरै शेयर गरिदिनसमेत सबैसँग अनुरोध गरेको छ।



