धनकुटाका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने
धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार शहीदभूमि गाउँपालिकाका सम्पूर्ण स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार आज भदौ १३ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ११ केभी बेल्हारा फिडरअन्तर्गत बेल्हारा डाँडादेखि शहीदभूमि गाउँपालिकातर्फ जाने ११ केभी लाइनमा मर्मतसम्भार तथा बुश कटिङको काम गरिनेछ।
लाइन आसपास रहेका रुखका हाँगा, बाँस तथा झाडी कटान गर्नुका साथै डिक्स र पिन परिवर्तन तथा जम्पर टाइट गर्ने कार्यका लागि विद्युत सेवा बन्द गर्न लागिएको हो।
नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले उक्त अवधिमा विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।
तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि सोहीअनुसार चाँडै सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।


