धनकुटाको पाख्रीबास ७ मा धाप सामुदायिक वन उपभोक्ता समितिको बैठक सम्पन्न

सर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ काे धाप सामुदायिक वन उपभोक्ता समितिको बैठक आज सम्पन्न भएको छ।

समितिका अध्यक्ष गोपालबहादुर राईको अध्यक्षता तथा पाख्रीवास नगरपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र तामाङकाे प्रमुख त्ततिथ्यमा सम्पन्न बैठकमा सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा वन पैदावारको उपभाेग,उपयोग लगायत विभिन्न विषयमा छलफल गरिएको छ।

बैठकमा सामुदायिक वनलाई दिगो रूपमा संरक्षण तथा व्यवस्थापन गर्ने, वन क्षेत्रको संरक्षणमा उपभोक्ताहरूको भूमिका तथा वनबाट घाँस, दाउरा लगायतका वन पैदावार संकलन तथा उपयोग गर्दा अपनाउनु पर्ने नियम, कानुन तथा प्रक्रियाहरुकाे विषयमा छलफल भएको थियो।

वनको संरक्षणसँगै उपभोक्ताहरूको आवश्यकतालाई समेत ध्यानमा राख्दै वन पैदावारको उचित र व्यवस्थित उपयोग गर्नुपर्नेमा बैठकमा जोड दिइएको थियो। साथै, जथाभावी घाँस, दाउरा काट्ने तथा वन क्षेत्रलाई असर पुग्ने गतिविधि नगर्न उपभोक्ताहरूलाई सचेत गराउने विषयमा समेत छलफल गरिएको थियो।

छलफलमा सवडिभिजन वन कार्यलय पाख्रीवासका कर्मचारी आयुष्म विकले सामुदायिक वन फडानी गरेमा कस्ताे कारवाहि हुन्छ ? सामुदायिक वन नजिक रहेका ऐलानी जग्गा तथा वन सम्वन्धि नियम के छ? भन्ने विषयमा सचेत गराउनु भएकाे थियाे ।

बैठकको सञ्चालन समितिका सदस्य मनिष (मणिराज) राईले गर्नुभएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।