सुनसरीबाट गांजा सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
भदौ १६ गते दुहबी नगरपालिका–११ स्थित नहरचोकको भित्री सडकमा अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा २८ किलो गाँजा बरामद गरेको हो।
गाँजासहित मोटरसाइकल चालक सुनसरी देवानगन्ज गाउँपालिका–३ का २३ वर्षीय एमडी जावेद मिया पक्राउ परेका छन्।
यस्तै, सोही दिन कोशी गाउँपालिका–१ लौकहीबाट पनि प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना ६० प ५३९१ नम्बरको मोटरसाइकल जाँच गर्दा १७ किलो १४० ग्राम गाँजा फेला पारेको थियो।
सो घटनामा भारत, सुपौल पञ्चायत फत्तेपुर वडा नं. १ का २१ वर्षीय दिपक कुमार पोदार पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।


