झाडीमा लुकाइएको करिब १०८ किलो गाँजा बरामद

धनुषा । धनुषामा झाडीभित्र लुकाएर राखिएको १०७ किलो ९९८ ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री सडकको छेउमा रहेको झाडीमा गाँजा लुकाएर राखिएको गोप्य सूचना पाएपछि भदौ १८ गते राति करिब २ः३० बजे इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर प्लास्टिकसहित तौल गर्दा गाँजाको तौल १०९ किलो रहेको थियो।

पछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।