धनकुटाको पाख्रिबास स्थित शीतलादेबी अंग्रेजी माबिद्वारा बाढी पीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग
धनकुटा । बाढी तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रिबास–३ स्थित शीतलादेवी अंग्रेजी माध्यमिक बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५५ रुपैयाँ सहयोग गरेको छ।
विपद्का बेला पीडितहरूको सहयोगका लागि विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय परिवारको सहभागितामा उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।
मानवीय सेवाको भावनासहित गरिएको यस सहयोगका लागि विद्यालयले सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विद्यालयले विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सानो भए पनि योगदान गर्न पाएकोमा गौरवान्वित महसुस गरेको जनाएको छ।


