त्रिशूली–३ ‘ए’ सुरुङबाट २ जनाको जीवितै उद्धार
नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।
रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो।
यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबीच दोहोरो संवाद भएको थियो। उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ढाडस दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै कराउँदा सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो।
उक्त प्रतिक्रियापछि सुरुङभित्र फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि भएको थियो।
सांसद न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले उनीहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ।
उद्धार टोलीले सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल बाहिर निकाल्न प्रयास गरिरहेको छ।


