सुनसरी, झापा र धनकुटाबाट एकै दिन ब्राउन सुगर तथा गाँजा सहित सात जना पक्राउ

विराटनगर । कोशी प्रदेशका सुनसरी, झापा र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भदौ १८ गते सुनसरीको धरान उपमहानगरपालिका–५ बाट ३१ वर्षीय मनिराज भुजेल पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनको घरबाट ४ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरी उनलाई पक्राउ गरेको हो।

त्यस्तै, प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीले देवानगञ्ज गाउँपालिका–३ बाट सोही गाउँपालिका–१ का सन्दिप कुमार मेहतालाई २१० मिलिग्राम ब्राउन सुगर र को.२५ प ७८९७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

झापाको दमक नगरपालिका–५ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले इलामको चुलाचुली गाउँपालिका–५ का ३५ वर्षीय हिरालाल विश्वकर्मालाई ३ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले झापा गाउँपालिका–४ बाट बाह्रदशी गाउँपालिका–७ का २७ वर्षीय सन्तोष क्षेत्रीलाई १ ग्राम २६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उता, धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले १५ किलो ७३ ग्राम गाँजासहित ओसारपसारमा संलग्न रहेको आरोपमा साँगुरीगढी गाउँपालिका–४ का भीमबहादुर लिम्बु, सागर लिम्बु र वीरबहादुर लिम्बुलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट को.२८ प ७२७७ र प्र.१–०२–५८ प ६०९९ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

यसरी सुनसरी, झापा र धनकुटाबाट एकै दिनको अवधिमा ब्राउन सुगर तथा गाँजासहित सात जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।