अपडेट : संखुवासभामा भरुवा बन्दुक प्रहारबाट शिक्षकको मृत्यु, घटनामा संलग्न एक जना पक्राउ

संखुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिहीबार साँझ करिब ७ बजे सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा बस्दै आएका करिब ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए।

त्यस क्रममा अचानक बन्दुक पड्किएको आवाज आएपछि सोही विद्यालयमा बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकको गोली लागेको चोट फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका क्रममा प्रहरीले शुक्रबार बिहान करिब ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने करिब ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

पक्राउ परेका राईमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।