उद्धारमा खटिएका प्रहरीलाई गमबुट, ग्लोभ्स र मास्क सहयोग

विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार र विपद् व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीका लागि विभिन्न संघसंस्था तथा समाजसेवीले आवश्यक सामग्री सहयोग गरेका छन्।

भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उद्धारमा अग्रपंक्तिमा खटिएका प्रहरीका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हेण्ड ग्लोभ्स, गमबुट र मास्क सहयोगस्वरूप प्राप्त भएको हो।

प्राप्त सामग्री नेपाल प्रहरी प्रधान कार्यालयमार्फत उद्धार तथा राहत कार्यमा परिचालित प्रहरी कर्मचारीलाई उपलब्ध गराउने गरी पठाइएको कोशी प्रदेश प्रहरीले जनाएको छ।

मोरङ उद्योग वाणिज्य संघले ४०० जोर हेण्ड ग्लोभ्स र ३८४ जोर गमबुट सहयोग गरेको छ। त्यस्तै, अन्नपूर्ण जुत्ता चप्पल उद्योग प्रालि दुहबीले ७२० जोर तथा म्याजिक फुटवेयर दुहबीले १४४ जोर गमबुट उपलब्ध गराएका छन्।

उत्सव सप्लायर्स विराटनगरले थप १०० जोर गमबुट सहयोग गरेको छ। समाजसेवी दिपेश खतिवडाले १०७ कार्टुन अर्थात् २ लाख ५६ हजार ८०० थान मास्क सहयोग गरेका छन्।

विपद्को समयमा उद्धारमा खटिएका प्रहरी कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उक्त सामग्री सहयोग गरिएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।