विराटनगरमा सार्वजनिक स्थलमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । विराटनगरमा सार्वजनिक स्थलमा युवतीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका अनुसार भदौ १९ गते दिउँसो करिब १२ः३० बजे विराटनगर महानगरपालिका–९ महेन्द्रचोकमा मोटरसाइकलमा सवार दुई पुरुषले विद्यालय पोशाकमा सडकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

भिडियो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिको खोजी गरेको थियो। खोजीका क्रममा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेश कुमार मण्डल र बारा परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्।

उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।