धनकुटाका विभिन्न क्षेत्रमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार ११ केभी जितपुर फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार भोलि भदौ २० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सिधुवादेखि जितपुरतर्फ आउने ११ केभी लाइन आसपास रहेका रुख, हाँगा, बाँस तथा झाडी कटान (बुस कटिङ), डिक्स तथा पिन परिवर्तन, जम्पर टाइट गर्ने लगायतका लाइन मर्मत तथा सम्भारका काम गरिनेछ।

उक्त अवधिमा आहाले, नेता चोक, देउराली, निगाले, सिरिसे, अर्खौले, ढोडे र याङ्लाबुङ लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अगावै मर्मतको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत सेवा पनि छिट्टै सञ्चालनमा ल्याइने वितरण केन्द्रले जनाएको छ।

मर्मतका क्रममा विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले क्षमायाचना गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।