अविरल वर्षाले मुख्य राजमार्गहरू अवरुद्ध, पूर्वसावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं, २२ भदौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड प्रभावित भएको छ। प्रहरीले सडकको अवस्था विचार गरेर मात्र सवारीसाधन सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको छ। यस्तै रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड र नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यसैगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा सडक पूर्ण रूपमा रोकिएको छ भने गजुरी गाउँपालिकाको चालिसे र परेवाभिर क्षेत्रका साथै काठमाडौँको चन्द्रागिरिस्थित विसापानी क्षेत्रमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।

लुम्बिनी प्रदेशतर्फ रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोर क्षेत्रमा पहिरो जाँदा सहिद राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ।

त्यसैगरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि राजमार्ग अवरुद्ध भएका छन्। मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा मुगु–गमगढी सडक, कालिकोटको शुभकालिका र खाँडाचक्र क्षेत्रका साथै सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसे क्षेत्रमा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै सल्यानको कपुरकोट गाउँपालिका–४ आरिङ्गाले फेदी क्षेत्रमा पहिरो जाँदा राप्ती राजमार्गमा पनि यातायात ठप्प भएको छ।

अविरल वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुनसक्ने भएकाले लामो दूरीको यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।