कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, २२ भदौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार कञ्चनपुरको भम्कास्थित हनुमाननगर स्टेसनमा सबैभन्दा बढी १४१.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, डडेल्धुराको गाईबान्ने स्टेसनमा १२७.८ मिलिमिटर वर्षा भएको छ।

तराईको सिरहामा पनि ९० मिलिमिटर भारी वर्षा मापन गरिएको छ। मौसम विज्ञान अनुसार २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई 'भारी', १०० देखि २०० मिलिमिटरसम्म हुनुलाई 'धेरै भारी' र २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई 'अति भारी' वर्षा मानिन्छ।

भारी वर्षा भएका क्षेत्रका साना-ठूला नदी तथा खोलामा बाढीको जोखिम रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन्।

यसैबिच, आइतबार राति काठमाडौं उपत्यकालगायतका क्षेत्रमा पनि वर्षा भएको थियो। वर्षाका कारण राति हनुमन्ते र बागमती लगायतका खोलामा बाढी आएको थियो। हनुमन्ते खोलाको बाढीले राति खतराको तह पार गरे पनि अहिले भने बहाव घट्दै गएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।