भोटेकोशी बाढीको विषयमा जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने एक जना पक्राउ

काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बुमा बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन्।

प्रहरीका अनुसार २०८२ भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने किसिमका भिडियो सामग्री बनाई फेसबुक रिलमार्फत प्रसारण गरिएको थियो।

उक्त सामग्रीबारे साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दा मडैको संलग्नता खुलेको जनाएको छ।

ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

साइबर ब्यूरोले सामाजिक सञ्जालको प्रयोग गर्दा जात, समुदाय तथा विपद्सँग सम्बन्धित विषयमा घृणा, अपमान र सामाजिक सद्भावमा असर पार्ने सामग्री प्रसारण नगर्न आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।