धनकुटाका विभिन्न क्षेत्रमा भोलि विद्युत सेवा अवरुद्ध हुने

धनकुटा, भदौ २२ गते । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले विद्युत लाइन मर्मत तथा सम्भारका लागि धनकुटाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार भोलि भदौ २३ गते मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म ११ केभी निशान फिडरअन्तर्गत धनकुटा सब–स्टेसनदेखि सशस्त्र क्याम्पसम्मको ११ केभी लाइन वरिपरि रहेका रुख, हाँगा, बाँस तथा झाडी कटान (बुश कटिङ), डिक्स तथा पिन परिवर्तन, जम्पर टाइट गर्ने र लाइन मर्मत–सम्भारको काम गरिनेछ।

उक्त अवधिमा पुलिस पार्क एरिया, भीमनारायण चोक, तल्लो कोप्चे, माथिल्लो कोप्चे, बालमन्दिर, कर्मिटार, छारागाउँ र देवानटार लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सोही दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सशस्त्र क्याम्पदेखि बन्चरे र भिरगाउँतर्फ जाने ११ केभी लाइनमा पनि रुख, हाँगा, बाँस तथा झाडी कटान, डिक्स तथा पिन परिवर्तन, जम्पर टाइट गर्ने र लाइन मर्मत–सम्भारको कार्य गरिनेछ।

यसका कारण माडे कम्पनी, बन्चरे, सिबुवा, बैरे, सुन्तले र भिरगाउँ लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

निर्धारित समयअघि नै मर्मत कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत लाइन सञ्चालनमा ल्याइने जनाइएको छ। साथै, मौसम अनुकूल भएमा मात्र उक्त मर्मत कार्य गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले क्षमायाचना गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।