धनकुटामा १ हजार २४० किलो ६ सय ग्राम गाँजा सहित ट्रक नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ।

कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो।

प्रहरीका अनुसार चेकिङ टोलीले ट्रक रोक्न खोज्दा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए। ट्रक शंकास्पद लागेपछि चेकजाँच गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

प्रहरीले ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।