दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

सुनसरी । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्बर मन्दिर परिसरमा सर्म्पक कार्यालय खोलेको छ ।

कोशी प्रदेशका तीन जिल्ला सुनसरी, उदयपुर र धनकुटाका धार्मिक र पर्यटन क्षेत्रको प्रबद्र्धन, प्रचार प्रसार, आन्तकिर तथा बाहय पर्यटकहरुलाई सहज वाताबरण तिर्थ गर्न र चतरा देखि बराहक्षेत्र मन्दिर परिसर सम्म पुग्ने पुर्बाधार निर्माणमा समेत समितीले कामका सहजीकरण शुरु गरीसकेको बृहत्तर बराहक्षेत्र बिकास समितीका कार्याकारी निर्देशक अबिजाल बिष्ट बताएका छन् । बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सर्म्पक कार्यालय खोली भेटीघाटीलाई ब्यबस्थीत र पारदर्शिता बनाउन लागिएको र यसका लागि डिजिटाईजेशन प्रकियामा जाने कार्याकारी निर्देशकले बताए । सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिनका लागि खोलिएको कार्यालयहरुले सहजीकरण गर्ने छन् ।

भेडेटार चोकमा रहेको डिस्प्ले मार्फत बृहत्तर बराहक्षेत्र बिकास समितीले गरिएका अनुकरणीय काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रदेशन हुदै आएको छ । यसै बिराटनगर एयरपोर्टमा रहेको डिस्प्ले मार्फत पनि यस क्षेत्रका पर्यटकीय स्थलहरु रामधुनी, श्रीलंका टापु, कोशी करिडियर क्षेत्र, बेलकाराजा बेलकारानी दरबार, मैनाराजा मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि, पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिर, बिष्णपादुका मन्दिर लगायतका पर्यटक क्षेत्रहरुलाई समेत डिस्प्ले मार्फत बिभिन्न स्थानबाट बिराटनगर एयरपोर्ट हुदै आउने यात्रुहरुले हेर्न ब्यबस्था गरिएको छ ।

सधार्मिक पर्यटकीय सर्किट तयार गरी सुनसरीको रामधुनी हुदै श्रीलंका टापुबाट बेलका राजा बेलकारानी दरबार, महाकाँलथान मन्दिर हुदै कोशी नदीको सुक्लाफाँट हुदै औलिया मोठ सम्मको एक सर्किट, औलियामोठ हुदै बराह मन्दिर, खुलालुङ, कोकासंगम, मैनाराजा मैनारानी र त्रिबेणीधाम छिन्ताङ एक सर्किट लगायतका अन्य धार्मिक पर्यटक सर्किट बनाइसकेको र सरोकारबालाहरुसंग छलफल भैरहेको कार्यकारी निर्देशक अविजाल विष्टले बताउनु भएको छ । धरान र भेडेटार पुग्ने पर्यटकलाई बराहक्षेत्र र रामधुनीसम्म जोड्ने काम गर्नेछन् । पूर्वी नेपालको मुख्य धार्मिक क्षेत्र भएकाले यहाँ विकास समितिको उपस्थिति रहँदा स्थानीय स्तरमा धार्मिक पर्यटनको अझ धेरै प्रचारप्रसार हुने देखिन्छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।