जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । लागुऔषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेका एक प्रतिवादी जेन्जी आन्दोलनका क्रममा फरार भएकोमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० बस्ने २६ वर्षीय अनिस थापा रहेका छन्। थापा लागुऔषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेका थिए।

उनी २०८२ साल भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेका थापालाई बिहीबार दिउँसो करिब २ः४५ बजे काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।