कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

काठमाडौं, १ असोज । पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएसँगै खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ । 

मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटो हुँदै ढुवानी गर्दा बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । कृष्णभीर सडक पुन: सञ्चालनमा आएपछि ग्यासका बुलेट नियमित रूपमा आउन थालेसँगै मूल्य पनि पुरानै दरमा फर्किएको हो ।

कृष्णभीर सडक अवरुद्ध भएसँगै ग्यास उद्योग संघले प्रतिसिलिन्डर २१६५ रुपैयाँ मूल्य तोकेको थियो । तर बिक्रेताहरूले प्रतिसिलिन्डर २५ सयदेखि तीन हजार रुपैयाँसम्म असुल्ने गर्थे । 

बाढी तथा पहिरोका कारण मुख्य राजमार्गको विभिन्न खण्ड अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा ग्यास ल्याउन वैकल्पिक तथा लामो बाटो प्रयोग गर्नुपरेको थियो। त्यस क्रममा ढुवानी खर्च बढेपछि व्यवसायीहरूले प्रतिसिलिन्डर ग्यासको मूल्यमा अतिरिक्त रकम समायोजन गरेका थिए । 

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार सडक सञ्चालनमा आएपछि ढुवानी लागत घटेकाले ग्यासको मूल्य पनि घटेको हो । नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ (प्रोडक्ट डेलिभरी अर्डर) जारी गरेसँगै नियमित मूल्यमा ग्यास आपूर्ति हुने उनले बताए ।

ग्यास उद्योग संघले अबदेखि २०६० रुपैयाँमै ग्यास बिक्री वितरण गर्न सर्कुलर गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।