मुलुक जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले मुलुकलाई सही दिशा दिन र जोगाउन परिवर्तनका पक्षधरहरूबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

विगतका लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न सामाजिक आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले संविधान जारी भएलगत्तै देशले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिको स्मरण गरे। उक्त चुनौतीले नै संविधानको रक्षा र राष्ट्रिय एकताको महत्त्वलाई थप उजागर गरेको उनको भनाइ थियो।

साथै, संविधान निर्माणको जटिल मोडमा आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक आधार तयार गरी संविधानलाई व्यावहारिक कार्यान्वयनको चरणमा पुर्‍याएको दाबीसमेत ओलीले गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।