कांग्रेसको १५औँ महाधिवेशन: आज देशभर पालिका अधिवेशन हुँदै

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका स्थानीय तहहरूमा एकसाथ पालिका स्तरीय अधिवेशन आयोजना गरिँदै छ। यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् रूपमा सुरु भएको महाधिवेशनको प्रक्रियासँगै स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरण सुरु भएको हो।

अधिकांश स्थानहरूमा वडा अधिवेशनहरू उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेकाले आजको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ। 

भीषण बाढीपहिरोका कारण प्रभावित नुवाकोट र धादिङका सबै वडाहरू तथा मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भइसकेको छ। यद्यपि, बाढीपहिरोबाट बढी प्रभावित रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ सम्म नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई समेट्ने निर्णय गरेकाले केही स्थानमा सदस्यता सूची अन्तिम रूप दिन सामान्य ढिलाइ भएको थियो। निर्वाचन समितिले यसलाई कुनै राजनीतिक विवाद नभई देशभरको ठूलो तथ्याङ्क व्यवस्थापनका क्रममा उत्पन्न नितान्त प्राविधिक विषय भएको प्रस्ट पारेको छ।

नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका अनुसार यो अधिवेशनबाट प्रत्येक पालिकामा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनीत गर्ने वैधानिक प्रावधान छ।

त्यसैगरी, प्रत्येक वडाबाट एक महिला र एक खुला, युवा क्लस्टरबाट एक महिला र दुई खुला, तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। कार्यसमितिलाई पूर्ण समावेशी बनाउन गाउँ, नगर, उपमहानगर र महानगर कार्यसमितिमा क्रमश: सात, नौ, ११ र १३ जना सदस्य मनोनीत गर्न सकिनेछ, जसमा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिइनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।