बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बुटवल, ७ असोज । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण सभापति गगन थापाको पक्षमा उभिएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार बुटवल नगर समितिको अधिवेशन उद्घाटन समारोहमा उनले थापा फेरि पनि सभापति बन्ने बताए ।

पार्टीभित्र पछिल्लो समय विकसित भएको रूपान्तरणको तरंगबारे बोल्दै नेता खाँणले कांग्रेसको नेतृत्व फेरि प्राकृतिक रूपमै युवाहरूकै काँधमा पुगेको र यो यात्रा अब नरोकिने बताए। उनले आसन्न १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा पुन: गगन थापा नै निर्वाचित हुने बताए । 

पार्टी हाँक्न अगाडि सरेको नयाँ पुस्ताको आँटको प्रशंसा गर्दै उनले भने, ‘अब पार्टी हामी सम्हाल्छौँ भन्दै जिम्मेवारी लिन आएका सम्पूर्ण युवा नेता–कार्यकर्ताहरूलाई शुभकामना छ।’

नेपाली जनता र भुइँतहका आमकार्यकर्ताले पनि यसपटक कांग्रेसको रूपान्तरण र युवा नेतृत्वलाई पूर्ण साथ दिनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । 
नेता खाँणले गतिशील नेतृत्व, स्पष्ट नीति र दरिलो आन्तरिक एकतामार्फत गगन थापाकै नेतृत्वमा कांग्रेस फेरि देशको निर्विकल्प र सर्वाधिक भरोसायोग्य शक्ति बन्ने दाबी गरे।

उनले कांग्रेस ऐतिहासिक रूपमै युवाहरूको पार्टी भएको दाबी गरे । नेता खाँणले कांग्रेसको वास्तविक इतिहास र यसको निर्माण प्रक्रियालाई नबुझेकाहरूले मात्र यसलाई वृद्धहरूको पार्टी भन्ने गरेको टिप्पणी गरे ।

कांग्रेसको गौरवमय विगत स्मरण गराउँदै नेता खाँणले पार्टी स्थापनाको जग नै ऊर्जावान् युवाहरूको वैचारिक र क्रान्तिकारी आन्दोलनबाट उठेको प्रस्ट पारे। 
उनले भने ‘कांग्रेसका संस्थापक नेता बीपी कोइराला देशको गृहमन्त्री बन्दा केवल ३६ वर्षको हुनुहुन्थ्यो भने संसदको पहिलो सभामुख बन्दा कृष्णप्रसाद भट्टराई मात्र २५ वर्षको लक्का जवान हुनुहुन्थ्यो ।’

इतिहासका केही कालखण्डमा नेतृत्वमा वृद्ध नेताहरू देखिए पनि पार्टीको सांगठनिक जीवन र भुइँतहमा सधैँ युवाहरूकै बाहुल्य र निर्णायक उपस्थिति रहँदै आएको खाँणले दावी पारे।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।