भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कताः बाढी र डुबान नियन्त्रणमा सबै संयन्त्र परिचालन

विराटनगर । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण ‘आरीघोप्टे वर्षा’ (मुसलधारे वर्षा) हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनस्र्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको छ ।

बुधबार महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आपतकालीन बैठकले सम्भावित प्राकृतिक विपदको सामूहिक रूपमा सामना गर्ने निर्णय गरेको छ । बैठकमा महानगरभित्रका जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार टोलीको परिचालन र विस्थापितहरूको बसोबास व्यवस्थापनबारे गहन छलफल भएको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भने, ‘खोला किनारका जोखिमयुक्त बस्तीमा समयमै सूचना पु¥याउने, उद्धार सामग्री सुरक्षा निकायमार्फत परिचालन गर्ने र विस्थापितहरूलाई तत्काल नजिकका विद्यालय, सामुदायिक भवन तथा मन्दिरमा सुरक्षित आश्रय दिने गरी सबै तयारी पूरा गरिएको छ ।’ उनले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तैनाथ राखिने समेत बताए ।

महानगर क्षेत्रभित्र बाढी र डुबानबाट प्रभावित हुनसक्ने नागरिकहरूका लागि ४४ भन्दा बढी स्थानमा अस्थायी आश्रयस्थल पहिचान गरिएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्धारपछिको बसोबास र राहत व्यवस्थापनमा कुनै समस्या नआउने गरी संरचनाहरू तयारी अवस्थामा राखिएको छ ।

बैठकलाई सम्बोधन गर्दै महानगर प्रमुख नागेश कोइरालाले भने, ‘बाढी र डुबानबाट महानगरवासीको जिउधन जोगाउन महानगरपालिका आफ्ना सम्पूर्ण स्रोत, साधन र क्षमता प्रयोग गर्न प्रतिबद्ध छ ।’ उनले विपदको समयमा सबै वडा, सुरक्षा निकाय र स्थानीयवासीलाई एकजुट भएर पूर्वतयारीमा लाग्न आह्वानसमेत गरे ।

बैठकमा विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्नो वडामा रहेका बाढी र डुबानको जोखिमयुक्त क्षेत्रबारे जानकारी गराएका थिए । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का वडा सदस्य पवित्रा विश्वकर्मा, ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १६ का उद्धव भुजेल र १९ का श्याम घिमिरेले खोला किनारका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्न जोड दिए ।

त्यसैगरी गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विपदका बेला विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूको विशेष सुरक्षा र हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सुरक्षा निकायका प्रमुखहरू मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारी र नेपाली सेनाका क्याप्टेन कृष्णकुमार कार्कीले विपदको समयमा जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए । बैठकमा महानगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विराटनगर । बिहीबारदेखि कोशी प्रदेशसहित देशभर ‘आरीघोप्टे वर्षा’ हुने मौसमविदबाट पूर्वानुमान सार्वजनिक भएसँगै विराटनगर महानगरपालिकाले विपद व्यवस्थापनको तयारी तीव्र पारेको छ । महानगरले सरोकारवालालाई बोलाएर विपदको तयारी बैठकसमेत आयोजना गरेको छ । बुधबार मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित विपदको सामूहिक रुपमा सामना गर्ने निर्णय गरेको छ । बैठकले खोला छेउछाउमा बसोबास गर्ने मानिसहरुलाई समयमै सुरक्षित स्थानमा जान सार्वजनिक रुपमा सूचना जारी गर्ने, उद्धार सामग्रीलाई सुरक्षा निकायमार्फत परिचालन गर्ने, सम्भावित जोखिमयुक्त ठाउँहरुको पहिचान गरी उद्धार टोली तैनाथ राख्ने, उद्धारपछि नजिकको विद्यालय तथा सामुदायिक भवन, मन्दिरहरुमा विस्थापितहरुको बसोबासको व्यवस्था मिलाउने लगायत निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले जानकारी दिए ।

बैठकमा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ मधुबाबु तिवारी, ८ वडा सदस्य पवित्रा विश्वकर्मा, ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का सूर्यलाल यादव, १४ सूर्यनारायण महतो, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरेले आफ्नो वडाको बाढी तथा डुबान क्षेत्रका विषयमा जानकारी गराएका थिए । उनीहरुले जोखिमयुक्त ठाउँमा बसोबास गर्ने स्थानीयलाई बाढी र डुबानबाट बच्न समयमै सुरक्षित स्थानमा जानका लागि आग्रह गर्नुपर्ने जोड दिए ।

बैठकमा गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विपदका बेला बढी मात्रामा बालबालिका र ज्येष्ठ नागरिक जोखिममा पर्ने भएकाले उनीहरुको सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन् । बैठकमा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी एसपी गेहेन्द्रबहादुर भण्डारी, नेपाली सेना क्याप्टेन कृष्णकुमार कार्की ले जनताको जिउधनको सुरक्षाका लागि सम्पूर्ण रुपमा तयारी अवस्थामा रहेको जनाएका थिए ।

त्यस्तै बैठकमा महानगरस्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठनलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महानगर क्षेत्रभित्र विभिन्न ४४ स्थानमा आश्रयस्थलहरुको पहिचान गरिएको हुँदा उद्धारपछि बसोबासका लागि समस्या नहुने महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । बैठकलाई सम्बोधन गर्दै मेयर कोइरालाले बाढीर डुबान महानगरवासीलाई जोगाउन महानगरको सबै स्रोत र साधन प्रयोग गर्ने बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।