सोलुखुम्बुमा निजी गुम्बा र घरबाट भाँडाकुँडा चोरीमा संलग्न तीन जना पक्राउ

सोलुखुम्बु, असोज ७ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा मिन्दुपाके टोलस्थित निजी गुम्बा र घरबाट भाँडाकुँडा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पक्राउ पर्नेमा लिखुपिके गाउँपालिका–२ गोलीका २७ वर्षीय दिनेश भन्ने दावा तामाङ, सोलुदुधकुण्ड नगरपालिका–६ थातेङका ३८ वर्षीय लक्ष्मण कामी र कानूनको विवादमा परेको १७ वर्षीय बालक रहेका छन्।

उनीहरूले भदौ १ गते राति करिब १२ बजे पसी लामाको निजी गुम्बा तथा घरको ढोकाको ताल्चा फोडी काश, तामा र पित्तलका भाँडाकुँडा चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले चोरी गरिएका करिब ५० किलो काश, तामा र पित्तलका भाँडाकुँडा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको छ।

तीनै जनालाई असोज ४ गते पक्राउ गरी सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।