अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

काठमाडौं, १० असोज । लगातारको वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउँदै अनुगमनलाई तीव्र बनाएको छ। मन्त्रालयले जलस्रोत तथा सिँचाइ कार्यालयहरूमार्फत नदीहरूको अवस्था निरन्तर निगरानी गरिरहेको र आपत्कालीन अवस्थाका लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको जनाएको छ।

सल्यानको कालिमाटी–२ स्थित शारदा नदीमा जलसतह निरन्तर बढिरहेकाले मन्त्रालयले स्थानीय प्रशासनसँग समन्वय गरी तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन आग्रह गरेको छ। यस्तै, झापाको गौरीगन्ज–१ स्थित कन्काई नदीको तटबन्ध कटान रोक्न सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणको काम भइरहेको छ भने रौतहटको राजपुरस्थित लालबकैया नदी र चितवनको भरतपुरस्थित नारायणी नदी किनारका डुबान क्षेत्रमा निरन्तर निगरानी भइरहेको छ।

यसैबीच, मन्त्रालयका अनुसार केही स्थानमा पूर्वतयारीका लागि निर्माण गरिएका संरचनाहरू प्रभावकारी देखिएका छन्। नारायणी नदी नियन्त्रणका लागि भरतपुरका अति जोखिमयुक्त क्षेत्रमा गरिएको कार्यका कारण उल्लेख्य कटान हुन पाएको छैन भने झापा गाउँपालिकामा कन्काई नदीको जलसतह चेतावनी तहभन्दा तलै रहेको छ।

त्यसैगरी दाङ र बाँकेमा पश्चिम राप्ती नदीका तटबन्धहरू सुरक्षित रहेका छन् भने घोराहीस्थित बबई नदीमा नवनिर्मित ग्याबियन संरचनाले कटान रोकेको छ। प्युठानको माडी, पश्चिम राप्तीको भालुवाङ र भेरी नदीको रिम्ना दोभान क्षेत्रमा भने हाल जलसतह सामान्य रहेको मन्त्रालयले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖