इलाममा बोलेरो दुर्घटना, पाँच जना घाइते

इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे.१ ज ३३४७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी दिउँसो १२ः१० बजे प्रहरी चौकी इभाङमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते सबैलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको थियो।

दुर्घटनामा जिप चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय खेमराज मगर, मिक्लाजुङ–५ की ४३ वर्षीया मनकुमारी लावती र पाँचथर तुम्बेवा गाउँपालिका–१ का २१ वर्षीय जनक तामाङको अवस्था सामान्य रहेको छ।

मनकुमारीकी १२ वर्षीया छोरी लाम्सिमी लावतीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मनकुमारीकै २३ महिनाका छोरा लाम्सेमा लावतीको अवस्था मध्यम रहेको छ।

जिप घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी इभाङबाट करिब १८ किलोमिटर पश्चिम–उत्तरमा पर्छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖