कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज

सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज गर्ने प्रदेश सभाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

प्रदेश सभा सदस्यको निर्णय कार्यान्वयन नगर्न भन्दै शर्माले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज गर्दै प्रदेश सभा सदस्य पद रिक्त गरेको छ ।
शर्माले नेपाली कम्युनिस्ट पार्टीलाई विपक्षी बनाई अदालतमा रिट निवेदन दायर गरेका थिए । 

नेपाली कम्युनिस्ट पार्टीले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत फागुनमा निष्कासन गरेपछि कर्णाली प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको औपचारिक जानकारी दिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम उनलाई पार्टीले कारबाही गरेपछि सोको जानकारी सचिवालयलाई गराइएको थियो। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖