झापाको बिर्तामोडमा युवतीलाई बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक जना पक्राउ

झापा । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असोज १२ गते राति करिब १०ः३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए।

रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर कोठामा प्रवेश गरेको र तन्ना च्यातेर मगरको हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको प्रहरीको भनाइ छ।

घटनाको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको थियो। घटनामा घाइते भएकी मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ।

पक्राउ परेका रायविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖