कांग्रेसलाई लास र दासको पार्टी बनाइयो भन्दै दैलेखको दुल्लुमा आकांक्षीले गरे तालाबन्दी

सुर्खेत, १३ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि दैलेख २ मा महाधिवेशन प्रतिनिधि चयनमा लास र दासलाई नै मौका दिन खोजिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी गरिएको छ ।

तालावन्दी गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधिका सशक्त उम्मेदवार चन्द्रबहादुर शाहीले नयाँ काँग्रेस लास र दासहरुको नहुने भने पनि लास र दासहरुले नै हालीमुहाली गरी सर्वसम्मतको नाउँमा प्रतिनिधि छनाेट गर्न खोजेपछि तालाबन्दी गरिएको बताए ।

‘कलष्टर नै फेरबदल गरी सर्वसम्मतको नाममा लास र दासलाई फेरि माथि पठाउने योजना बनाइयो । चुनावको सुरसार गरिएन । निर्वाचन तालिकाअनुसार पनि चलिएन भने विधि र विधानविपरीतका कार्य भइरहँदा हामी चुप लाग्न सकेनौँ,’ उनले भने, ‘कम्तीमा पार्टीमा उम्मेदवार बन्न इच्छुकलाई अवसर दिनुपर्नेमा पुरानै अनुहार दोहोर्याउने रणनीति तय गरेका कारण हामीले तालावन्दी गरेका हौँ ।’

यता, निर्वाचन अधिकृत शम्शेर शाहीले तालावन्दी भएको स्वीकारे । ‘उहाँहरुले तालावन्दी गरिसक्नु भएको छ । तालावन्दी गर्ने २०–२५ जना हुनुहुन्छ,’ उनले भने, ‘अहिललाईनिर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।’ 

उनले नेपाली कांग्रेस जिल्ला कार्यसमिति र केन्द्रीय समितिको निर्देशन आएमा सोहीअनुसार प्रक्रिया सुरु गर्ने बताए । ‘म अहिले नै केही गर्न सक्ने अवस्थामा छैन ।’ पार्टी जिल्ला र केन्द्रले जे निर्देशन दिन्छ त्यहीअनुसार हामी अघि बढछौँ,’  उनले भने ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖