प्रदेश राजधानी नै कांग्रेस केन्द्रीय सदस्यबाट वञ्चित हुने निश्चित, ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !

शेरबहादुर थापा/सुर्खेत, १५ असोज । नेपाली कांग्रेसको आसन्न १५औँं महाधिवेशनमा कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत २ बाट शून्य प्रतिनिधित्व हुने निश्चित भएको छ ।

असोज ११ गते देखि पश्चिम सुर्खेतको वावियाचौरमा महाधिवेशन प्रतिनिधि बन्न रस्साकस्सी गरिरहेका नेताहरुबीच भागबन्डा नमिल्दा अब सुर्खेत-२ ले आगामी पाँच वर्षसम्म  कांग्रेसको केन्द्रीय सदस्यसमेत नपाउने देखिएको हो । यद्यपि सभापति गगन’ थापाले चाहेमा भने कोही नेता केन्द्रीय सदस्यमा मनोनीत भने हुन सक्नेछन् ।

महाधिवेशन केन्द्रीय प्रतिनिधि तोकिएका सुवास पोखरेलले यो निर्वाचन क्षेत्रमा देखिएको कांग्रेस विवाद सल्टाउन नसक्दा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३३ जना महाधिवेशन प्रतिनिधि ‘घर न घाट’ का भएका छन् ।

सुरुमा वीरेन्द्रनगर वडा नम्बर तीनबाट सुरु भएको प्रतिनिधि छनौट विवाद वीरेन्द्रनगर नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र हुँदै निर्वाचन क्षेत्रसम्म पुगेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर तीन र नगर कार्यसमितिको अधिवेशन नै गर्न नसकेको सुर्खेत कांग्रेसले अब भने महाधिवेशनमा सहभागि बन्न नपाउने निशिचत भएको हो ।

यो निश्चित भएसँगै यसअघि केन्द्रीय सदस्य रहेका प्रदेश सभा सदस्य जानकी सिंह, केन्द्रीय सदस्य तीर्थजंग शाही, सुर्खेत १ का प्रतिनिधि सभा सदस्य विष्णुबहादुर खड्का, पूर्वमन्त्री हृदयराम थानी, कमलराज रेग्मी, देवकुमार सुवेदी, नारायण कोइराला, उपेन्द्र थापा, पूर्वमन्त्री शीवराज जोशीदेखि यूवा, दलित, पेसागत जस्ता क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनेर केन्द्रमा दावी गर्न चाहने ३३ जना प्रतिनिधिका लागि आगामी पाँच वर्षसम्म काँग्रेस केन्द्रको राजनीति गर्ने ‘च्याप्टर क्लोज’ भएको हो ।

यसबारेमा कुरा गर्न खोज्दा केन्द्रदेखि प्रतिनिधि तोकिएर पठाइएका पोखरेलले फोन उठाएनन । उनलाई म्यासेज लेखेर पठाउँदा पनि कुनै वास्ता गरेनन् । निर्वाचन क्षेत्र नम्बर १ बाट भने प्रतिनिधि छनाेट भइसकेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖