कर्णालीका सबै सांसद गगन पक्षमा, लक्ष्मी सुनार प्रतिनिधिमा पराजित

शेरबहादुर थापा/सुर्खेत, १६ असोज । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनमा कर्णाली प्रदेश सभामा रहेका १५ जना सांसद नै गगन थापा पक्षमा उभिएका छन् । विगतमा अधिकांश सांसदहरु शेरबहादुर देउवा पक्षका थिए ।

तत्कालीन समयमा शेखर कोइराला समूहमा भने दैलेखका कृष्णकुमार विसी र सल्यानका सुरेश अधिकारी मात्रै थिए । तर अहिले भने काग्रेसको परिस्थितिले पूरै ३६० डिग्री परिवर्तन गरी सबै गगन पक्षमा खुलेर लागेका हुन् ।

पन्ध्रजना सांसदमध्ये सल्यानबाट लक्ष्मी सुनार मात्रै महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । सल्यानमा प्रदेश सभा सदस्यद्वय सुरेश अधिकारी र लक्ष्मी सुनार प्यानल नै बनाएर चुनावमा होमिएका थिए । अधिकारी निर्वाचित हुँदा सुनार भने शारदा नगरपालिका सल्यानका उपप्रमुख सुस्मिता सुनारसँग पराजित बन्न पुगिन् ।

जुम्लाबाट स्वतन्त्र चुनाव जितेका तर पछि कांग्रेसमा समायोजन भएका प्रदेश सभा सदस्य देवेन्द्रराज शाही जुम्लामा चुनाव नभएपछि उनी महाधिवेशन प्रतिनिधि नै बनेनन् । ‘मलाई पद र प्रतिष्ठाको कुनै भोक छैन,’ उनले भने, ‘साथीहरुलाई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेर पठाएका छौँ । मेरो उहाँहरुलाई पूर्ण सर्मथन छ । यदि चुनाव भएको भए त म नि चुनावमा होमिन सक्थेँ ।’

काँग्रेस हुम्लाबाट संसदीय दलका नेता जीवनबहादुर शाही महाधिवेशन प्रतिनिधि चयन हुँदा विजया बुढा भने महासमिति सदस्य चुनिएकी छिन् । ‘विजया बुढा महासमिति  सदस्य चयन हुनुभएको छ ।’ पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायले भने ।

यस्तै कालिकोटबाट कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्ट महाधिवेशन प्रतिनिधिमा चयन हुँदा दैलेखबाट प्रतिनिधित्व गर्ने चारैजना प्रदेश सभा सदस्यहरु महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पूर्णबहादुर खत्री, कृष्णबहादुर विसी, घनश्याम भण्डारी र इन्द्राकुमारी शाही दैलेखबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चुनिएका हुन् ।

यस्तै, सुर्खेतबाट प्रतिनिधित्व गर्ने तीनजना सांसदमध्ये खडकबहादुर पोखरेल र बलिमाया बुढा मात्रै महाधिवेशन प्रतिनिधि चयन भएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी जानकी सिंह भने निर्वाचन क्षेत्र नम्बर दुईको विवादका कारण स्थगित भएको महाधिवेशन प्रक्रियाको ‘शिकार’ बन्न पुगिन् ।

जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य राजीवविक्रम शाह र जिल्ला सभापतिसमेत रहेका सांसद वेदराज सिंह पनि महाधिवेशन प्रतिनिधि छनौट भएका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖