भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

काठमाडौं, २९ असाेज ।सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ।

विकास साझेदार 'विश्व खाद्य कार्यक्रम' (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। 
स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका प्रभावितलाई उक्त रकम वितरणको काम भइरहेको छ। रसुवाका ५, नुवाकोटका ४ र धादिंगका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो। 

तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका १४ सय जति घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ।

यहि असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरुको संयुक्त बैठकले विपद् प्रभावित घरधुरी (लाभग्राही) पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभलाई  व्यवस्थित गर्ने निर्णय गरेको थियो।

रेडक्रस लगायत अन्य विकास साझेदारहरुले पनि नगद सहयोग गर्न चाहेकाले 'विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१' अनुसार दोहोरो नपर्ने र कोही नछुट्ने गरी सरकारले सहायता उपलब्ध गराउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायहरुलाई निर्देशन दिइसकेको छ।

बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनको लागि पनि तीव्ररुपमा काम भइरहेको छ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖