आजको मौसम: पश्चिमी वायुको प्रभाव रहने, तराई भूभागमा हुस्सु लाग्ने

काठमाडौं, ३१ असोज । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहने सम्भावना छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रही बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहने तथा बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

 

राति भने देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

 

देशको हिमाली भूभागका थोरै स्थानमा, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, देशको तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरोको सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖