‘पटकपटक होइन, सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकार धर्नामा
काठमाडौं, ९ मंसिर । नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरेको छ।
‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघले बुधबार बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको हो।
सबै जिल्लाका सदरमुकाममा पत्रकार महासंघले धर्ना कार्यक्रम आयोजना गरेको छ । सरकारले आफ्नो विरोध गरेर समाचार लेख्ने पत्रकार र मिडियामाथि धरपकड गरेपछि पत्रकार महासंघले सामूहिक धर्नाको कार्यक्रम आयोजना गरेको हो ।
