धरानबाट खैरो हेरोइन जस्तो पदार्थ र नगद सहित एक जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित एक घरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगदसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
मंसिर ८ गते दिउँसो करिब ४:३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गरेको थियो । घरको कोठाभित्र खानतलासी गर्दा ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ र नगदसहित तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
