यसकारण भावी प्रधानमन्त्री को भन्ने विषय सजिलै टुंगोमा नपुग्ने !

धमलाको हमलापछि ओली र प्रचण्डको भनाई बाझियो

काठमाडौँ, २ पुस । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको कडा प्रश्नले अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा तरङ्ग आएको छ । धमलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई वटा संयुक्त प्रश्न सोधेका थिए । सरकार संवैधानिक कि असंवैधानिक ? र भावी सरकारमा को प्रधानमन्त्री र को पार्टी अध्यक्ष ? भन्ने प्रश्नहरू थिए ।

प्रश्नको उत्तरमा प्रचण्डले सरकारमा आफ्नो दल समेत सहभागी भएकाले संवैधानिक भने । उनले भने,‘सरकार संवैधानिक हो तर उसले ल्याएको विधयेक संवैधानिक हो ।’ कामचलाऊ अवस्थामा रहेको सरकारले सरुवा, बढुवा र नियुक्तिहरू रोकनुपर्ने प्रचण्डको जोड थियो ।

उक्त प्रश्नको जवाफमा ओलीले स्पष्ट शब्दमा भने,‘यो कसरी संवैधानिक सरकार हो ? हामी यो सरकारलाई संवैधानिक मान्न तयार छैनौं ।’ सरकारले नियुक्ति, सरुवा, बढुवा गर्ने अधिकार नराख्ने जिकिर गर्दै सरकार काम चलाऊ मात्र भएको बताए । दुई नेताको सरकार संवैधानिक र असंवैधानिक भन्ने तर्कका कारण मत बाझिएको देखियो ।

पार्टी अध्यक्ष र सरकार कस्ले चलाउने प्रश्नमा ओलीले भने,‘प्रश्नका लागि रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाजीलाई धन्यवाद दिन चाहन्छु । हामी को अध्यक्ष र को प्रधानमन्त्री भन्नका लागि पत्रकार सम्मेलन गर्न आएका होइनौं ।’ कोे के भन्नेबारे बोल्दा हतार हुने बताए । उनले ठट्यौली शैलीमा भने,‘हामी दुवै अध्यक्ष छौं ।’

सोही प्रश्नका जवाफमा प्रचण्डले भने,‘ऋषि धमलाजीको प्रश्नमा ओलीजीको भनाईप्रति शतप्रतिशत सहमत छु । हामी दुवै प्रधानमन्त्री भइसकेका छौं । प्रधानमन्त्री को भन्नेमा हामीबीच विवाद छैन ।’

नेताद्वयको अभिव्यक्तिले दुवै पार्टीबीचको चर्चामा ल्याइएको एकता र भावी प्रधानमन्त्री को भन्ने विषय सजिलै टुंगोमा नपुग्ने देखिएको छ । ओली र प्रचण्डबीचको भित्री सहमतिले कस्तो आकार लेला वा नलेला ? समय कुनैपर्ने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।