मध्यराती पुल्चोकमा फिल्मी शैलीको दुर्घटना, १० मिटर परसम्म मान्छे लतार्दै गाडी भाग्यो

ललितपुर । घडीको सुईले रातको साँढे १० बजेको संकेत गरिसकेको थियो, ललितपुर प्रहरीको सेटमा एउटा आवाज सुनियो, ‘युएन पार्क करिडोरमा एउटा गाडीले दुर्घटना गराएर करिब दश मिटर परसम्म मान्छे लतार्दै भागेको छ !’

शनिवार मध्यरातमा यस्तो खबर आउँदा महानगरीय प्रहरी प्रभाग पुल्चोकका ईन्सपेक्टर गोविन्द पन्थी ड्युटीमै थिए । आफ्नो मातहतको एरियामा ठुलो दुर्घटना भएको खबर सुन्नासाथ पन्थी घट्नास्थलतर्फ हुँईकिए ।

घाईतेलाई पाटन अस्पताल पठाएर कुपण्डोल र पुल्चोक एरियामा चेकजाँच गर्दा दुर्घटना गराउने सवारीको पहिचान खुल्न सकेन् । रातो पाटीमा खबर छ- घटना घटेको करिब आधा घण्टापछि दुई युवाहरु घट्नास्थमा आए, सड्कमा रगत बगेको भिडियो खिच्दै प्रहरीलाई सोधे, ‘रगत कहाँबाट आयो, बाटोमा किन यत्ति धेरै खाल्डाखुल्टी ?’

अनुसन्धानमा काविल अफिसरको छवि बनाएका ईन्सपेक्टर पन्थीले दुवै युवा अनिस भण्डारी र आवास पोखरेललाई नियन्त्रणमा लिएर खानतलासी शुरु गरे, त्यतिन्जेल रातको ११ः ३० भैसकेको थियो ।

‘उनीहरुले मादक पदार्थ सेवन गरेका थिए, हिँड्दै मिनभनव जान लागेको भनेपछि शंका बढ्यो’ ईन्सपेक्टर पन्थीले भने, ‘सर्च गर्दा अनिसको गोजीमा गाडीको साँचो भेटियो !’ शनिवार राती नै प्रहरीले ज्वागलको गल्लिमा बा. ४ प ६३३२ नम्बरको केला फेला पार्न सफल भयो । अनिसको गोजीमा भेटिएको साँचोले उक्त कार स्टार्ट भएसँगै पुल्चोक प्रहरीले उनिहरु उपर मुद्धा दायर गरेर अनुसन्धान अगाडी बढाएको छ ।

यसरी मध्यरातमा बाराका जवेद खानलाई ठक्कर दिएर गम्भिर घाईते बनाएर भाग्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
प्रहरीका अनुसार जवेद खानको टाउकोमा गम्भिर चोट लागेको छ, उनको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।