ओलीले भने,- भारतसँग मिलेर काम गर्न तयार छु

एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने नयाँ सरकारले नेपालको बिकासका निम्ति भारतसँग मिलेर काम गर्ने बताउनु भएको छ । उहाँले नयाँ सरकारले स्वतन्त्र परराष्ट्र नीति अनुसरण गर्ने पनि बताउनु भयो ।

वाम गठबन्धनको तर्फबाट आइतबार होटल अन्नपूर्णमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संवाददाताहरुले सोधेको प्रश्नको उत्तरमा उहाँले सार्वभौमिक समानता आधारमा नेपालको बिकास लागि भारतसँग मिलेर काम गर्न चाहेको बताउनु भएको हो ।

भारतीय बिदेश मन्त्रालयका प्रबक्ता रवीशकुमारले मंसिर २८ मा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचनका लागि नेपाली जनतालाई बधाई दिंदै नयाँ बन्ने सरकारसँग काम गर्न आतुर रहेको बताउनु भएको थियो । भारतीय उक्त प्रतिक्रियालाई आधार बनाउँदै सोधिएको प्रश्नमा ओलीले भारतले आधिकारिक रुपमा नेपालको निर्वाचनबाट आएको जनादेशको कदर गर्ने बताएकाले त्यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताउनु भयो ।

‘भारतले आधिकारिक रुपमा के स्टेटमेन्ट दिएको छ ? हामी अहिलेको जनादेशलाई कदर गर्छौं, अहिले जसरी बहुमत आएको छ, त्यसले स्थिरता, स्थायित्व दिने हामीले विश्वास गरेका छौं । यसप्रति खुसी व्यक्त गर्छौ र मिलेर काम गर्न आतुर छौं भनेको छ’ उहाँले भन्नुभयो,‘अनि कथा बुन्नेहरुका कथाका पछाडि कुद्ने किन ?’
उहाँले नेपालको संविधानद्धारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै सबै मित्रराष्ट्र, विशेषत छिमेकी देश र अन्तराष्ट्रिय संघसंस्थासँग सुमधुर सम्वन्ध कायम गर्न कटिवद्ध रहेको बताउनु भयो । वाम घोषणापत्रमा पनि परराष्ट्रबारे यो उल्लेख भएको बताउनु भयो ।

मंसिर २८ मा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रबक्ता रवीश कुमारले भारत सरकार नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको बताउनु भएको थियो । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि सरकार र जनतालाई बधाई पनि उहाँले दिनुभएको थियो ।

चक्रपथबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।