वाम-गठबन्धनलाई सरकारको जवाफ,- त्यत्तिकै सत्ता छाड्न सकिन्न, सरुवा-बढुवा पनि हुन्छ

काठमाडौं । वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेको बेला सरकारले राष्ट्रिय सभाको गठनपछि मात्रै सत्ता सुम्पने स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले अत्यावश्यक ऐन मानि पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृत गरेपछिमात्रै सत्ता हस्तान्तरण गर्न वातावरण बन्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले अध्यादेश रोकिँदा प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यन्वयनमा आउन नसकेको भन्दै संविधानको धारा ८४ र ८६ अनुसार राष्ट्रिय सभा गठन नभई सरकार छोड्न नसकिने बताए ।

कानुनअनुसार समानुपातिकतर्फ प्रतिनिधी र प्रदेशसभाको सिट बाँडफाड गरि व्यक्ति एकिन भएपछि सरकार गठनको प्रक्रिया शुरु हुने उनले बताए ।
वर्तमान सरकार कानुनी जटिलता निम्त्याएर सरकारको आयु लम्व्याउने पक्षमा नभएको समेत उनको दाबी थियो ।

प्रत्यक्षको तर्फको नतिजा हेरेर अबधारणा बनाउनु एकांकी हुने सरकारको दावी छ । सरकारको पक्षबाट पेस गरिएको अध्यदेशलाई दुई महिना अघि देखि राष्ट्रपतिले रोकिराखेको प्रति दुखेसो पोख्दै उनले राष्ट्रपति दलिय अनुकुलतामा प्रयोग गर्ने दुस्प्रयासको आभास भएको बताए ।

सम्पन्न निर्वाचन पछि बिपक्षी दलमा अहंमता बढेको आरोप समेत लगाए ।

सरकार कामचलाउ बनेकोले सरुवा बढुवा तथा नियुक्त नगर्न विपक्षीको कडा चेतावनीलाई चुनौती दिदैं बस्नेतले वर्तमान सरकार रहुन्जेल नियुक्ति, सरुवा तथा बढुवा जारी रहने बताए ।

विगतमा सरकारले राजिनामा दिएर पनि नियुक्तिहरु भएको जिकीर गर्दै बस्नेतले यो सरकार कामचलाउ नभएको दाबी गरे । – लिलु डुम्रे / रातो पाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।