पार्टी सभापति देउवासँग वारपारको लडाई लड्न निस्किए युवा नेता गगन थापा !, उनको साथमा कांग्रेसका सबै युवानेता !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण हालै सम्पन्न भएको निर्वाचनमा पराजय भोग्नु परेको निश्कर्ष निकाल्दै सभापति देउवासँग वारपारको लडाई लड्ने निर्णय गरेका छन् ।

बुधबार काठमाडौंको पूरानो बानेश्वरस्थित् सिद्धार्थ क्याफेमा बसेको युवा नेताहरुको विशेष भेलामा युवा नेता गगन थापाले पार्टी सभापतिबाट देउवालाई हटाउने जिम्मा लिएको स्रोतको दाबी छ । भेलामा गगन थापाका अलावा युवा नेताहरु क्रमशः चन्द्र भण्डारी, धनराज गुरुङ, उमेशजंग रायमाझी, महादेव गुरुङ्, बद्रि पाण्डे, प्रदिप पौडेल, गुरु घिमिरे, गोविन्द भट्टराई, रामहरि खतिवडा, जीवन परियार लगायतका नेताहरुको उपस्थिति थियो ।

युवा नेताहरुलाई साँक्षी राखेर गगनले यस पटक नेतृत्व परिवर्तन गराउन आफूले जिम्मा लिने वचन दिएको स्रोतको दाबी छ । ‘विशेष महाधिवेशन बोलाएर भएपनि देउवा हटाउनेबारे छलफल भएको छ’ स्रोतले गगनको भनाई उद्धृत गर्दै भन्यो, ‘तपाईहरुले मलाई साथ दिनुहोस्, खुट्टा नकमाउनुहोस्, म नेतृत्वलाई हटाएर देखाउँछु।’

पार्टी सभापतिकै अदुरदर्शीताको कारण चुनावमा कांग्रेसले हार व्यहारेको भन्दै पार्टीलाई पूनः सशक्त बनाएर लैजानेबारे आजको युवा नेताहरुको गोप्य बैठकमा छलफल तथा विचार विमर्श भएको एक नेताले जानकारी दिए । मिडिया डवलीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖