यस्तो छ आरजुले हार्नुको खास कारण, यी हुन् भारतबाट फर्केर हराउने टीम कमाण्डर

धनगढी । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी आरजु राणाले कैलालीको नेर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित भइन् ।

स्थानीय पार्टीका केही नेता–कार्यकर्ताको असहमतिबीच राणा चुनावी मैदानमा उत्रिन । श्रीमान पार्टी सभापति तथा संसदीय दलको नेता भएका कारण अरुलाई जस्तो टिकट लिन गारो हुने कुरा भएन । विरोधका स्वरको बेवास्ता गर्दै राणाको उम्मेदवारी घोषणा भयो । पार्टीका स्थानीय नेताले विरोध समेत गरे ।

चुनावमा प्रचारमा खट्नु पर्ने नेताहरु नै आरजुलाई पर्यटक उम्मेदवार भन्दै उपरखुट्टी हालेर बसे । चुनावमा लगातार पर्यटकको आरोप लाग्न थालेपछि आरजुले धनगढीमा घर नै किनिन् । चुनावी माहौल राम्रो बन्दै गएको थियो । आफ्नै नेताहरुले चुनावको तीन पहिले त्यो महौललाई भताभुंग पारे ।

चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएका कारण नेपाली काँग्रेसलाई त्यसैपनि सजिलो थिएन । त्यसमा पनि आफ्नै नेता–कार्यकर्ता पर्यटक भन्न थालेपछि आरजुलाई निकै गारो भयो ।

आरजुले टिकट पाएसँगै नेपाली काँग्रेसका स्थानीय नेता तथा निवर्तमान सांसद पुष्करनाथ ओझाले विरोध गर्दै आएका थिए । चुनाव प्रचारमा खट्नु छोडेर ओझ भारत गएर बसे । आरजुले जित्ने सम्भावना बढ्दै गएपछि ओझा भारत फर्केर हराउने समूहको नेतृत्व गरे । ओझाले धनगढीको विद्या होटलमा डेरा जमाए । आरजु विरोधी गतिविधि ओझाले त्यहीबाट गरे । आरजुको विरोधी काँग्रेस नेता–कार्यकर्ताको विद्या होटल सम्पर्क स्थल बन्यो । त्यहीबाट चुनाव हराउने योजना बनाइए । एमाले उम्मेदवारदेखि नेतासम्म त्यही होटलमै भेटेर योजना बनाइएको रहस्य खुलेको छ ।

काँग्रेसका एक स्थानीय नेताका अनुसार सोँचे जसरी आरजुका महौल बिगार्न नसकेपछि ओझाले एउटा उपाय निकाले । धनगगढीमा डोटेली बहुल्यता छ । तिनै डोटेलीलाई भड्काउने योजना बनाइयो । ‘डोटेलीको भोट चाहिदैन’ भनेर आरजुले भनेको भन्दै सबै डोटेलीको घरघरमा सन्देश पुर्याइयो । त्यो सुन्ने वितिकै रातारात डोटेली काँग्रेसीहरु देखाइ भनेर निस्किए ।

स्थानीय चुनावले धनगढी उपमहानगरपालिकामा काँग्रेसले जितेको थियो । अहिले एमाले र माके मिलेका कारण काँग्रेसलाई चुनौति थियो नै तर हारको मुख्य कारण आन्तरिक नै भएको खुलासा भएको छ । त्यसपनि जिम्मेवार नेता नै हराउने अभियानको नेतृत्व गरेपछि आरजुले हारिन् । राजनीतिक भाषामा अन्तरघात हारको मुख्य कारण हो । अान्तरिक अन्तरघातकै कारण एमालेका नरदमुनि रानाले विजयी भए । – अनलाइन डबलीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।