‘आलोपालो र भागबण्डा को कुरा गरेर प्रचण्डले गल्ति गरे’

काठमाडौं । नेकपा एमालेका नेता केशब बडालले एमालेसँग पार्टी एकता गर्ने विषयमा आफूहरुमा अठोट भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता बडालले पार्टी एकता प्रक्रियाका क्रममा विमति र बहस हुनु सामान्य भएको बताए ।

पार्टी एकताका लागि नै चुनावमा साझा घोषणा लिएर जनतामाझ गएको बताउँदै बडालले सैद्धान्तिक रुपमा कुनै विवाद नभएको जिकिर गरे । पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा निष्कर्षमा नपुगिएको बडालले बताए ।

स्थायीत्वका लाग वाम गठबन्धनले जनतालाई आश्वासन दिएको स्मरण गराउँदै बडालले ५ वर्षका लागि एउटै व्यक्ति प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिए । अडाइ वर्ष फलाना, अडाइ वर्ष फलाना भनेर गयो भने जनताप्रति विश्वासघात हुने तर्क बडालको छ ।

माओवादी अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनेर दिएको अभिव्यक्तिप्रति बडालले आपत्ति जनाए । आलोपालो प्रधानमन्त्रीको कुरा गरेर प्रचण्डले गल्ती गरेको बडालले बताए । आलोपालो प्रणालीमा जानु भनेको स्थिर सरकारको अवधारणाविपरित हुने उनको तर्क छ ।

सार्वजनिक रुपमा भागबण्डाको कुरा गर्दा एकता प्रक्रियालाई बल नपुग्ने उनको भनाई थियो ।

भागबण्डाकै मात्र कुरा गर्ने हो भने त्यसलाई पार्टी एकता मान्न नसकिने बडालको भनाई छ । “एकता भएपछि पानी मिलेको जस्तो एकता हुँदैन भने त्यो एकताले कुनै काम गर्दैन । एउटै पार्टी भइसकेपछि पनि भागबण्डा गर्ने हो भने त्यो एकता होइन ।” बडालले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖